दफा २५
निर्णय दिन नहुने अवस्था
(१) मध्यस्थता गर्नु पर्ने विषयसंग मध्यस्थले निर्णय गर्न नहुने विषय अभिन्न रुपमा गासिएको रहेछ भने त्यस्तो विषयमा मध्यस्थले निर्णय दिने छैन ।
(२) उपदफा (१) बमोजिम निर्णय गर्न नहुने अवस्था परेमा मध्यस्थले सो को सूचना सम्बन्धित पक्षहरुलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना प्राप्त गरेको मितिले पैंतीस दिनभित्र सम्बन्धित पक्षले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतमा उजूर गर्न सक्नेछ ।